काठमाडौँ, पुस ३ : बलिउड अभिनेता इमरान हाशमीको आगामी वेब सिरिज ‘तस्करी: द स्मगलर्स वेब’ को टिजर सार्वजनिक भएको छ ।
‘स्पेशल २६’ र ‘ए वेड्नेसडे’ जस्ता चर्चित फिल्म तथा ‘स्पेशल अप्स’ जस्तो लोकप्रिय सिरिज निर्माण गरिसकेका नीरज पाण्डे नयाँ सिरिज ‘तस्करी: द स्मगलर्स वेब’ लिएर आउन लागेका हुन् ।
सिरिजको कथा विमानस्थलको भन्सार विभाग वरिपरि घुम्छ । इमरान सुपरिन्टेन्डेन्ट अर्जुन मीणाको भूमिकामा छन् । जो एक तेज–तर्रार अधिकारी हुन् र अन्तर्राष्ट्रिय तस्करी सञ्जालमाथि कडा निगरानी राख्छन् ।
टिजरको सुरुवात इमरान हाशमीको भ्वाइसओभरबाट हुन्छ । उनी भन्छन्, ‘२००० एकडमा फैलिएको मुम्बई अन्तर्राष्ट्रिय विमानस्थल विश्वका सबैभन्दा व्यस्त विमानस्थलमध्ये एक हो । जहाँ–जहाँ यात्रु र व्यापार भयो, त्यहाँ तस्करी पनि भयो । तस्करी अर्थात् स्मगलिङ । केही वर्षदेखि तस्कर र हामीबीच आँखा–छोप खेल चलिरहेको छ । कहिले उनीहरू जित्छन्, कहिले हामी ।‘
वेब सिरिज ‘तस्करी: द स्मगलर्स वेब’ को निर्देशन राघव जयरथले गरेका छन् । यो सिरिज १४ जनवरी २०२६ देखि नेटफ्लिक्समा स्ट्रिम हुने बताइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











