एजेन्सी, पुस १४ गते । रणवीर सिंहको फिल्म ‘धुरन्धर’ले निरन्तर बक्स अफिस कलेक्सनमार्फत ठूला–ठूला रेकर्ड कायम गरिरहेको छ। फिल्मले चौथो शनिबार अर्थात् २७ डिसेम्बरमा २०.९० करोडको शानदार कलेक्सन गर्दै रणबीर कपूरको फिल्म एनिमल लाई पनि पछि पारेको छ।
फिल्मको विश्वव्यापी कलेक्सन १०२६ करोड पुगेको छ। यससँगै यो फिल्म बलिउडको इतिहासमा चौथो सबैभन्दा धेरै कमाइ गर्ने फिल्म बन्न सफल भएको छ।
बलिउडका सबैभन्दा धेरै कमाइ गर्ने फिल्महरू
दंगल – २०४० करोड
जवान – ११४८ करोड
पठान – १०५० करोड
धुरन्धर – १०२६ करोड (२३ दिनमा)
एनिमल – ९१७ करोड
शाहरुख खानको ‘पठान’ को रेकर्ड चाँडै टुट्न सक्छ
फिल्म धुरन्धरको हालको कमाइलाई हेर्दा चौथो आइतबार बम्पर कलेक्सन गर्दै शाहरुख खानकोपठान को रेकर्ड तोड्ने अनुमान गरिएको छ। यो फिल्म ५ डिसेम्बरमा रिलिज भएको थियो।
चौथो हप्तामा पनि फिल्मले दैनिक करिब २० करोड रुपैयाँ हाराहारी कलेक्सन गरिरहेको छ। चौथो शुक्रबार फिल्मले १५ करोड कमाएको थियो भने शनिबार कलेक्सन बढेर २०.९० करोड पुगेको छ। यसरी आइतबार फिल्मले स्पष्ट रूपमा २० करोडभन्दा बढी कमाइ गर्न सक्ने देखिन्छ।
सबै भाषामा भारतको ९औँ सबैभन्दा धेरै कमाइ गर्ने फिल्म ‘धुरन्धर’
हिन्दी फिल्महरूमा सबैभन्दा धेरै कमाइ गर्ने फिल्महरूको सूचीमा धुरन्धर चौथो स्थानमा रहेको छ। तर सबै भाषाका (हिन्दी, तमिल, तेलुगु, मलयालम, कन्नड) फिल्महरू समेट्दा भने धुरन्धर अझै पनि ९औँ स्थानमा रहेको छ।
सबैभन्दा धेरै कमाइ गर्ने भारतीय फिल्महरू
दंगल (हिन्दी) – २०४८ करोड
बाहुबली २ (तेलुगु) – १८१० करोड
पुष्पा २ः द रुल (तेलुगु)– १६४२ करोड
आरआरआर (तेलुगु)– १३०० करोड
केजीएफ २ (कन्नड) – १२०० करोड
जवान (हिन्दी) – ११४८ करोड
पठान (हिन्दी)– १०५० करोड
कल्कि २८९८ (तेलुगु)– १०४२ करोड
धुरन्धर (हिन्दी) – १०२६ करोड (२३ दिनमा)
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










