12/16/2025, 17:48:48
मङ्गलबार, पुष ०१, २०८२

फिल्म ‘कभी खुसी कभी गम’ को २४औं वर्ष : काजोलले साटिन् खुसी


काठमाडौँ, पुस १ : बलिउड फिल्म ‘कभी खुसी कभी गम’ प्रदर्शनकझ २४ वर्ष पूरा भइसकेको छ ।

सोमबार अभिनेत्री काजोल फिल्म प्रदर्शनको २४ वर्ष पूरा भएको अवसरमा खुसी साट्न पुगिन् । यश जोहरद्वारा निर्मित तथा करण जोहरद्वारा निर्देशित यो फिल्म सन् १४ डिसेम्बर २००१ मा प्रदर्शनमा आएको थियो ।

फिल्ममा अमिताभ बच्चन, जया बच्चन, शाहरुख खान, काजोल, ऋतिक रोशन र करीना कपूरले मुख्य भूमिका निर्वाह गरेका थिए । फिल्ममा काजोलले अञ्जलीको चरित्र निर्वाह गरेकी थिइन् । काजोलले इन्स्टाग्राम पेजमार्फत् पोस्ट सेयर गर्दै उत्सव मनाइन् । उनले फिल्मसँग सम्बन्धित आफ्नो तस्वीर पनि सेयर गरिन् ।

काजोलले लेखेकी छन्, ‘सबै अञ्जलीहरूलाई भन्न चाहन्छु—आफूमा गर्व गर, खुलेर बाँच। राहुल (चलचित्रको मुख्य पात्र, जसको भूमिका शाहरुख खानले निभाएका थिए) ढिलो हुन सक्छ, किनकि ऊ सायद ट्राफिकमा फसेको होला ।

काजोलको यो सन्देशलाई उनका प्रशंसकहरूले रुचाएका समेत छन् ।