11/11/2025, 23:39:02
मङ्गलबार, कार्तिक २५, २०८२

यी हुन् आगामी वर्षका प्रतीक्षित बलिउड फिल्महरु


काठमाडौँ, २५ कात्तिक : आगामी २०२६ मा रिलिज हुने भारतीय फिल्महरूलाई लिएर दर्शकहरूमा चासो छ । केही प्रतीक्षित फिल्महरूबारे यहाँ चर्चा गरिनेछ ।

१. द राजा साब

यो फिल्ममा प्रभास र सञ्जय दत्तको महत्त्वपूर्ण भूमिका छ । यो फिल्म ९ जनवरीमा रिलिज हुनेछ । फिल्ममा सञ्जय दत्त डबल रोलमा देखिनेछन् । उनीहरूको पहिलो लुक सार्वजनिक भइसकेको छ । यो फिल्मलाई धेरै पटक स्थगित गरिएको थियो ।

२. लभ एन्ड वार

सञ्जय लीला भन्सालीको यो फिल्म मार्च ०२६ मा आउँदै थियो । यो फिल्म रिलिज मिति भने सर्ने चर्चा छ । फिल्ममा रणवीर कपूर मुख्य भूमिकामा छन् । जसले ग्रे–शेड क्यारेक्टर निभाउनेछन् । फिल्ममा विकी कौशल सैनिकको भूमिकामा छन् । फिल्ममा आलिया भट्ट पनि प्रमुख पात्रका रूपमा छिन् ।

३. अल्फा

वाईआरएफ स्पाई युनिभर्सको यो अर्को ठूलो प्रोजेक्ट हो । यो पहिलो महिला–केन्द्रित स्पाई फिल्म पनि हो। फिल्ममा आलिया भट्ट र शरवरी वाघ फिल्मको मुख्य भूमिकामा छन् । बबी देओल भिलेनको रूपमा देखिनेछन् । यो फिल्म १७ अप्रिल, २०२६ मा रिलिज हुनेछ । अनिल कपूर पनि फिल्ममा विशेष भूमिकामा छन् ।

४. किङ

शाहरुख खानको फिल्म ‘किङ’ सन् २०२६ को सबैभन्दा प्रतीक्षित फिल्ममध्ये एक हो । यो फिल्ममा शाहरुखकी छोरी सुहाना खान पनि यही फिल्ममार्फत थिएटर डेब्यु गर्दैछिन् । फिल्ममा अभिषेक बच्चन मुख्य खलनायकका रूपमा देखिनेछन् । अभिषेक यसअघि पनि नकारात्मक भूमिकामा सफल भएका छन् ।

५. राजा शिवाजी

यो फिल्ममा रितेश देशमुखले निर्देशन र अभिनय दुवै गर्दैछन् । उनी छत्रपति शिवाजी महाराजको भूमिकामा देखिनेछन् । फिल्ममा सलमान खानको विशेष उपस्थित रहनेछ । सञ्जय दत्तले यसमा अफजल खानको भूमिका निभाउनेछन् । सलमान र सञ्जयबीचको भिडन्त फिल्मको मुख्य आकर्षण हुनेछ । यो फिल्म १ मे, २०२६ मा विभिन्न भाषामा रिलिज हुनेछ ।

६. हैवान

प्रियदर्शनद्वारा निर्देशित यो फिल्म ‘मोहनलाल’ अभिनीत मलयालम फिल्म ‘ओप्पम’ को हिन्दी रिमेक हो । फिल्ममा अक्षय कुमार भिलेनको भूमिकामा छन् । उनको सामना सैफ अली खानसँग हुनेछ । अक्षय र सैफ लामो समयपछि फेरि एकसाथ पर्दामा देखिँदैछन् । फिल्म सन् २०२६ मा रिलिज हुनेछ ।

७. रामायण

दिवालीको अवसरमा निर्देशक नीतेश तिवारीको ‘रामायण’ रिलिज हुनेछ। रणवीर कपूर रामको भूमिकामा छन् भने यश रावणको भूमिकामा । फिल्मको बजेट करिब ४००० करोड भारु रहेको छ ।