01/01/2026, 22:15:29
बिहिबार, पुष १७, २०८२

रवि लामिछानेलाई थुनामा राख्नुपर्ने माग उच्च अदालत पाटनद्वारा अस्वीकार


ललितपुर, पुस १७ : उच्च अदालत पाटनले  राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई थुनामा राख्नुपर्ने माग गरी सरकारी वकिलले दर्ता गरेको निवेदनमा अस्वीकार गरेको छ ।

सभापति लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी बचत तथा ऋण सहकारीको मुद्दामा जिल्ला अदालत काठमाडौंले धरौटीमा रिहा गरेको थियो ।

जिल्ला अदालतको आदेशविरुद्ध सरकारी वकिलले उच्च अदालत पाटनमा वेरितको निवेदन दिएको थियो । न्यायाधीशद्वय खडान्नद तिवारी र दिपककुमार खरेलको इजलासले धरौटीमा रिहा गर्ने आदेश सदर गरेको हो ।

गत २ माघ २०८१ मा जिल्ला अदालत काठमाडौंले  सभापति  लामिछानेलाई ६० लाख रुपैयाँ धरौटीमा छाड्न आदेश दिएको थियो ।

– दुर्गा दुलाल