कालीकोट, पुस १७ : फागुन २१ मा हुने प्रतिनिधिसभा निर्वाचनमा कालीकोटमा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ को नाम सिफारिस भएको छ । बिहीबार बसेको पार्टीको क्षेत्रीय समिति बैठकले प्रत्यक्षतर्फ प्रचण्डको नाम मात्र सिफारिस गरेको हो ।
यद्यपि संयोजक प्रचण्डलाई हालसम्म १० वटा क्षेत्रबाट प्रतिनिधिसभा निर्वाचनका लागि सिफारिस गरिएको छ । गत आम निर्वाचनमा गोरखा-२ बाट निर्वाचित भएका उनी यसपटक उम्मेदवार हुने जिल्ला र क्षेत्र निश्चित भइसकेको छैन ।
२०६४ यता लगातार माओवादीले जित्दै आएको कालीकोटमा नेत्रविक्रम चन्द नेतृत्वको नेकपा माओवादीका नेता खड्कबहादुर विश्वकर्मा पनि चुनाव लड्ने चर्चा रहेको छ ।
कालीकोटबाट कांग्रेस युवा भुपेन्द्रजङ शाही, रास्वपाबाट प्रकाश न्यौपाने भकरान्तैले उम्मेदवारी घोषणा गरिसकेका छन् भने अन्य दलबाट भने उम्मेदवार सिफारिस हुन बाँकी छ ।
– तुलाराम पाण्डे
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













