काठमाडौं, पुस १७ गते । काठमाडौं उपत्यकाका नदी तथा खोलाको मापदण्ड खारेजको माग गर्दै खोला किनारका पीडितहरुले माइतीघरमा प्रदर्शन गरेका छन् ।
बिहिबार गैरन्यायिक खोला मापदण्ड खारेजको माग गर्दै गैरन्यायिक सडक तथा खोला मापदण्ड पीडित संघर्ष समितिले प्रदर्शन गरेका हुन् ।
पीडितहरुले ‘मापदण्डको नाममा जनता विस्थापित गर्न पाइदैन, फैसला होइन न्याय देउ, जनतालाई उठिबास गर्ने गैरन्यायिक खोला मापदण्ड खारेज गर’ लगायतका नारा लगाएका छन् ।
यसअघि नदी क्षेत्र संरक्षणका लागि सर्वोच्च अदालतले बागमती, विष्णुमती, मनोहरा लगायत उपत्यकाका ठूला नदी तथा खोलाहरुमा थप २० मिटर जग्गा छाडेर मात्र संरचना निर्माणको अनुमति दिन आदेश दिएको थियो ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













