01/01/2026, 16:34:33
बिहिबार, पुष १७, २०८२

उम्मेदवारको जरिवानाबारे हाल कुनै निर्णय छैन: आयोग


काठमाडौं,पुस १७ गते । निर्वाचन आयोगले यसअघिको प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा उम्मेदवार भएर खर्च विवरण नबुझाएको भनिएका उम्मेदवारहरूको हकमा हालसम्म कुनै पनि जरिवानासम्बन्धी निर्णय नभएको स्पष्ट पारेको छ।

आयोगका प्रवक्ता नारायणप्रसाद भट्टराईले सोमबार विज्ञप्ति जारी गर्दै खर्च विवरण नबुझाउने उम्मेदवारलाई जरिवाना गर्ने वा उम्मेदवार हुन नपाउनेसम्बन्धी कुनै निर्णय अहिलेसम्म नभएको जानकारी दिएका छन्।

विभिन्न सञ्चारमाध्यममा केही उम्मेदवारहरूको नाम किटान गर्दै उनीहरूले खर्च विवरण नबुझाएकाले आगामी निर्वाचनमा उम्मेदवार बन्न नपाउने दाबी सहितका समाचार सार्वजनिक भएपछि आयोगको ध्यानाकर्षण भएको विज्ञप्तिमा उल्लेख छ।

यसैबीच चुनाव सम्पन्न भएलगत्तै आफूहरूले खर्च विवरण पेस गरिसकेको दाबी गर्दै केही उम्मेदवारहरूले विभिन्न कागजात र पत्रहरू सार्वजनिक गरिरहेका छन्।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..