मुम्बई, मङ्सिर २६ गते । भारतीय सिनेमाको सबैभन्दा प्रतिष्ठित फिल्महरू मध्येको एक ‘शोले’ ५० वर्ष पुगेको अवसरमा यो फिल्म शुक्रबारबाट ठूलो पर्दामा भव्य रूपमा फर्किएको छ। सन् १९७५ मा बनेको यो क्लासिक फिल्म देशभर १५०० स्क्रिनमा ‘शोले – द फाइनल कट’ नाममा पुनः रिलिज भएको हो।
टेलिभिजन र ओटीटीमा धेरै पटक हेरिएको यो फिल्मलाई फेरि हेर्न दर्शकलाई प्रेरित गर्ने मुख्य कारण यसको प्राविधिक पक्ष र विवादित क्लाइमेक्स हो। यो फिल्म पहिलो पटक आजको मापदण्ड अनुसार ४के गुणस्तरमा रिस्टोर गरिएको छ। यसलाई यसको वास्तविक ७० एमएम रेशियो २.२:१ मा प्रस्तुत गरिएको छ।
यसको साथै, ओरिजिनल साउन्ड नेगेटिभलाई फिल्म हेरिटेज फाउन्डेसनद्वारा सङ्ग्रहित म्याग्नेटिक ट्र्याकहरूबाट डल्बी ५.१ को उत्कृष्ट अडियो गुणस्तरमा रिलिज गरिएको छ। यस कारण दर्शकले गब्बर सिंहको चिच्याहट वा वीरूको संवादलाई अझ बढी जीवन्त महसुस गर्न सक्नेछन्।
तर, यसपटकको रिलिजको सबैभन्दा ठूलो आकर्षण फिल्मको मौलिक र विवादित क्लाइमेक्स हो, जुन फिल्मका लेखक सलीम-जावेदले सुरुमा लेखेका थिए।
रमेश सिप्पीको निर्देशनमा बनेको यो फिल्म सन् १९७५ मा इन्दिरा गान्धीको सरकार र आपतकालको समयमा रिलिज भएको थियो। त्यसबेला सेन्सर बोर्ड र सरकारले फिल्मका निर्माता रमेश सिप्पीलाई मौलिक अन्त्य परिवर्तन गर्न बाध्य पारेका थिए।
मौलिक क्लाइमेक्समा ठाकुर (संजीव कुमार) ले गब्बर सिंह (अमजद खान) लाई आफ्नो कील भएको जुत्ताले कुल्चिएर मार्ने दृश्य थियो। तर, सरकारी दबाबका कारण त्यसलाई परिवर्तन गरी अन्तिममा प्रहरी आएर गब्बरलाई पक्राउ गरेको देखाइएको थियो।
यसपटक ‘शोले- द फाइनल कट’ मा त्यो ओरिजिनल क्लाइमेक्स दर्शकले हेर्न पाउनेछन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!





