काठमाडौँ, मङ्सिर २६ गते । नेकपा एमालेका केन्द्रीय सदस्य तथा पूर्व सांसद भूपेन्द्रबहादुर थापाले ११ औँ महाधिवेशनपछि आफू सक्रिय राजनीतिबाट बिदा लिने घोषणा गरेका छन् ।
म्याग्दी जिल्ला इन्चार्ज समेत रहिसकेका थापाले पारिवारिक समस्याका कारण अब सक्रिय भूमिकामा नरहने बताएका हुन् । यद्यपि पार्टीप्रतिका निष्ठा र समर्थन सदैव रहेन समेत थापाले प्रष्ट पारेका छन् ।
थापाले वक्तव्यमा भनेका छन्, ‘यो पार्टीबाट मलाई जिल्ला विकास समितिको उपसभापति,प्रतिनिधि सभा सदस्य जस्ता जिम्मेवारी दिएर समाज, जिल्ला र मुलुकको सेवा गर्ने मौका प्राप्त भयो । यस अवसरका लागि पार्टीका आदरणीय नेता कमरेडहरू,कार्यकर्ता कमरेडहरू म्याग्दीका आम जनसमुदायलाई हार्दिक धन्यवाद दिन चाहन्छु । मेरो पारिवारिक समस्याका कारण अब सक्रिय भूमिकामा रहन नसक्ने जानकारी गराउन चाहन्छु । साथै सदैव आन्दोलनप्रतिको निष्ठा र इमानमा कुनै कमी रहने छैन’
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














