पाल्पा, मङ्सिर २६ गते । नवलपरासीको अरुणखोलाबाट पाल्पाको रामपुर आउँदै गरेको जिप मित्याल अरुणखोला सडक अन्तर्गत निस्दी ४ मित्याल चिउरेबासको पहिलो घुम्ती नजिक एकल फुक्सीमा रोकेर मान्छे झार्ने क्रममा भिरबाट तल खसेको छ ।
स्थानीयका अनुसार झन्डै ५०० मिटर तल खोल्सोमा लु १ ज ३९०८ नम्बरको फोर्स जिप खसेको हो । जीप लेकबेसी यातायातको रहेको छ । घटनामा अहिले सम्म ३ जनाको मृत फेला भएपनि पहिचान खुल्न बाकी रहेको स्थानीयको भनाई छ ।
छतबाट हामफालेका घाइतेलाई निस्दी गाउँपालिकाको गाडीमा उपचारमा लागि अरुणखोला लगिएको छ । गाडी धेरै तल झरेकोले उद्दारको काम चलिरहेको उनीहरुको भनाई छ ।
मित्याल प्रहरी चौकीबाट प्रहरी पुगेको र अहिले रामपुरबाट प्रहरी निरीक्षकको टोली त्यसतर्फ गएको छ । उद्धारको लागि सेना पनि जाँदैछ । घटना सम्बन्धि थप विवरण आउन बाकी छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












