अमेरिका, मङ्सिर २८ : अमेरिकाको रोड आइल्यान्ड राज्यस्थित ब्राउन युनिभर्सिटीमा भएको गोलीबारीमा दुईजना विद्यार्थीको मृत्यु भएको छ ।
अमेरिकाको रोड आइल्याण्डको प्रोभिडेन्सका सहरका मेयर ब्रेट स्माइलीले ब्राउन युनिभर्सिटीको क्याम्पसमा सक्रिय बन्दुकधारीले गोली चलाउँदा अन्य नौ जना घाइते भएका छन् ।
अल जजिराका अनुसार शनिबार परीक्षा चलिरहेको बेला संयुक्त राज्य अमेरिकाको आइभी लिग क्याम्पसमा गोलीबारी सुरु भएको थियो । घाइतेहरूको अस्पतालमा उपचार भइरहेको र उनीहरूको अवस्था स्थिर रहेको बताइएको छ ।
रोड आइल्याण्डका अधिकारीहरूका अनुसार संदिग्ध अझै फरार छन् । अभियुक्तले कालो कपडा लगाएका थिए र उनीहरु घटनास्थलबाट पैदलै निस्केका थिए । यद्यपि अझैसम्म कुनै हतियार बरामद नभएको अल जजिराले उल्लेख गरेको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















