काठमाडौँ, पुस १ गते । राष्ट्रपति रामचन्द्र पौडेलका राजनीतिक सल्लाहकार सुनिल थापाले पदबाट राजीनामा दिएका छन् ।
नेपाली काँग्रेसको सक्रिय राजनीति गर्न उद्देश्यले राष्ट्रपतिको राजनीतिक सल्लाहकारबाट राजीनामा दिएको थापाले बताएका छन् । सक्रिय राजनीति गर्न पदबाट राजीनामा दिएको उनले बताएका छन् ।
काँग्रेसले यही पुसको २६ देखि २८ गतेसम्म १५ औँ महाधिवेशनको मिति तय गरेको छ । सरकारले प्रतिनिधि सभाको मिति फागुन २१ गते हुने गरी मिति घोषणा गरेको छ ।
राष्ट्रिय सभाको निर्वाचनमा ११ माघका लागि तोकिएको छ । थापाको नाम राष्ट्रिय सभा सदस्य उम्मेदवारका लागि धनकुटाबाट सिफारिस गरिएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













