12/10/2025, 15:42:38
बुधबार, मङि्सर २४, २०८२

आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस मनाइँदै


काठमाडौँ, मङ्सिर १९ गते । आज अन्तरराष्ट्रिय स्वयंसेवक दिवस हो ।यो दिवस संयुक्त राष्ट्रसंघको आह्वान प्राय: सबै यसका सदस्य राष्ट्रमा हरेक वर्ष मनाइन्छ ।

स्वयंसेवकहरूको योगदानलाई सम्मान गर्ने र स्वयंसेवाको भावना तथा सेवा संस्कृतिलाई स्थानीयदेखि राष्ट्रिय र अन्तरराष्ट्रिय तहसम्म प्रवर्द्धन गर्ने उद्देश्यका साथ यो दिवस सन् १९८५ देखि मनाउन प्रारम्भ भएको हो । राष्ट्रसंघीय महासभाले सोही वर्ष डिसेम्बर ५ मा अन्तरराष्ट्रिय दिवसका रूपमा सदस्य देशमा यो दिवस मनाउने घोषणा गरेको हो ।

 

यस अवसरमा आज न्यूयोर्कस्थित संयुक्त राष्ट्रसंघको महासभा हलमा सदस्य राष्ट्रहरूले स्वयंसेवालाई विकास रणनीतिमा समावेश गर्ने र राष्ट्रिय अभियान सञ्चालन गर्न प्रतिबद्धता जनाउने अपेक्षा गरिएको राष्ट्रसंघले जनाएको छ ।

यसै अवसरमा एक सन्देश जारी गर्दै  महासचिव एन्टोनियो गुटरेसले सबै स्वयंसेवकप्रति कृतज्ञता ज्ञापन गरेका छन् । सन्देशमा उहाँले प्राकृतिक विपद्, द्वन्द्वग्रस्त समुदायलाई सहयोग, गरिबी निवारणमा काम गर्नेलगायत चुनौती सामना गर्दै आफ्नो समय, ऊर्जा र सीप स्वेच्छिक रूपमा समर्पण गर्ने स्वयंसेवकहरूको त्याग, साहस र मानवता वर्तमान विश्वका लागि प्रेरणाको स्रोत बनेको सन्देशमा उल्लेख गरेका छन् ।

राष्ट्रसंघका १६९ सदस्य देशमा शान्ति, न्याय र समानता स्थापित गर्न  राष्ट्रसंघका स्वयंसेवकहरू क्रियाशील छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..