नेपाली लोकसङ्गीत क्षेत्रमा दुई दशकभन्दा बढी समय बिताउनुभएकी धनकुमारी थापा (सरु) सङ्गीतलाई जीवनमा अनिवार्य मान्नुहुन्छ । उहाँ नेपालमा पहिलो महिला दोहोरी साँझ खोल्ने व्यक्ति हुनुहुन्छ । हाल गीत/सङ्गीतसँगै उहाँ ‘हेयर एन्ड शीतल युनिसेक्स सैलुन र ह्यान्डिक्राफ्ट’ व्यवसायमार्फत रोजगारी सिर्जनामा संलग्न हुनुहुन्छ । ‘भर्चुअल युनिभर्सिटी फर पिस एन्ड एजुकेसन’ नामक भारतको एक विश्वविद्यालयबाट उहाँ मानार्थ विद्यावारिधिले विभूषित पनि हुनुभएको छ । गीत/सङ्गीतको सेरोफेरोमा रहेर सुकृत नेपालले उहाँसँग गर्नुभएको कुराकानी :
गीत/सङ्गीतको क्षेत्रमा लाग्नुभएको कति भयो र आजकल केमा व्यस्त हुनुहुन्छ ?
म यस क्षेत्रमा लागेको दुई दशकभन्दा बढी भयो र मेरो व्यक्तिगत एल्बमको सङ्ख्या २१ वटा छ । आजकल म गीत/सङ्गीतका गतिविधि र बाहिर बाहिरका कार्यक्रममा व्यस्त छु । गएको तिजमा टिकटकले भाइरल बनाएको गीत राम्रै चल्यो । अब आफ्नो शब्द, आलोकश्रीको सङ्गीत र रामकृष्ण ढकालको गायन रहेको एउटा नयाँ गीत छिट्टै नै बजारमा ल्याउने तयारीमा छु ।
सङ्गीत भनेको के रहेछ ? यसबाट जीवन चल्छ ? तपाईंका लोकप्रिय गीत कुन कुन हुन् ?
सङ्गीतबिनाको जीवन अधुरो हुन्छ, यो जीवनलाई मधुर बनाउने एक छुट्टै विषय हो । जीविकोपार्जनको कुरा गर्दा यो क्षेत्रबाट जीवन त चल्छ नै तर त्यसभन्दा ठुलो कुरा भनेको करोडौँ दर्शक तथा श्रोताको माया र सम्मान पाउनु हो, जसले विदेशमा समेत नेपाली सङ्गीत र संस्कृति देखाउने मौका दियो । मेरा थुप्रै गीत लोकप्रिय छन् । ‘जवानीमा आँखै देखिनँ’ भन्ने गीतले मलाई सरु थापा भनेर दर्शकमाझ चिनायो तर ‘आज मुड चल्या छ’ भन्ने गीतले चाहिँ व्यावसायिक रूपमा जिउनका लागि सजिलो बनायो ।

सङ्गीतमा लाग्नुको उद्देश्य, प्राप्ति र पहिलो सफलताको अनुभूति कस्तो रह्यो ?
मैले के पाएँ वा के गुमाएँभन्दा पनि जीवनमा जे प्राप्त गरेँ, त्यही पाएर आज म सरु थापा भएर चिनिएकी छु । आफू राष्ट्रको चेली भएर राष्ट्रको संस्कृतिलाई जगेर्ना गर्ने मौका मिल्यो । आफ्नो जीवन चलाउन र खुसी हुन सकेँ । करोडौँ दर्शक, श्रोता र मिडियाकर्मीको माया पाएँ, जसले मैले गाएका वा रचना गरेका चिज दर्शकसामु पु¥याइदिए । मेरो पहिलो एल्बम ‘जवानीमा आँखै देखिनँ’ हिट हुँदा आफ्नो सपना पूरा भएकोमा धेरै खुसी लाग्यो । त्यतिबेला अहिलेको जस्तो युट्युब/फेसबुक थिएन । हरेक ठाउँमा गीत बजाउन अडियो बनाएर आफू नै जानुपथ्र्यो । नेपाल टेलिभिजनमा एक मिनेटको गीत बजाउन पनि लाखौँ तिर्नुपथ्र्यो । यस्तो अवस्थामा पनि जब देश तथा विदेशका जिल्लाबाट बधाईका फोन आउँथे र पत्रिकामा सानो समाचार आउँथ्यो, तब ‘मेरो त देश तथा विदेशमा नाम चम्किने भयो’ भन्ने महसुस हुन्थ्यो ।
पहिले प्रत्यक्ष दोहोरीमा मात्र सीमित रहेको लोकदोहोरी क्षेत्रमा अहिले एउटै गीतले स्थापित हुने प्रतिस्पर्धात्मक युगमा तपाईंले आफ्नो स्थान कसरी बनाउनुभयो ?
म गर्वका साथ भन्छु, नेपालमा पहिलो पटक दोहोरी साँझ खोल्ने महिला म नै हुँ । मैले विसं २०५७ सालतिर ‘छहारी’ बाट यो यात्रा सुरु गरेँ, त्यसपछि ‘जुनकिरी’ खोलेँ, जुन आज पनि यथावत् छ तर मैले चलाएको छैन । २०५८ साल जेठ १९ गतेको घटनाभन्दा दुई दिनअगाडिसम्मको समय यस्तो थियो कि ठुला महलमा बस्नेदेखि सामान्य मान्छेले समेत मेरोमा आउनका लागि दुई दिनअगाडि बुकिङ गर्नुपथ्र्यो ! म त्यो सफलताको समय देखेर आएकी छोरी हुँ । त्यो बेला म कसैको श्रीमती, बुहारी र एक बच्चाकी आमा भइसकेकी थिएँ । सङ्कटकालको समयमा राति १० बजे दोहोरी साँझ बन्द गर्नुपथ्र्यो । धेरै कलाकारलाई रोजगारी दिएर, लगानी गरेर काम गर्दा पनि रातको त्यो परिस्थितिमा यो देशमा लड्नुपर्दा कति दुःख भोगेँ होला ।

मानार्थ चाहिँ के को पाउनुभएको हो ?
मलाई भारतको एक विश्वविद्यालयले मानार्थ विद्यावारिधिले विभूषित गरेको हो । भारत भर्चुअल युनिभर्सिटी फर पिस एन्ड एजुकेसनले बैङ्लोर सहरमा आयोजित दीक्षान्त समारोहमा मलाई उक्त उपाधि प्रदान गरेको हो । विगत अढाई दशकदेखि गायन, सामाजिक सेवा र उद्यमशीलताका क्षेत्रमा पु¥याएको विशेष योगदानको कदरबापत मलाई सो उपाधि प्रदान गरिएको थियो ।
– सुकृत नेपाल
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










