काठमाडौँ, मङ्सिर ११ गते । सुनसरीबाट १ सय ५३ गाँजासहित एक जना पक्राउ परेका छन्।
सशस्त्र प्रहरी बलको टोलीले इनरूवा नगरपालिका-७ स्थित चाँदवेलाबाट बिहीबार बिहान १५३ किलो गाँजासहित २० वर्षीय आदित्य चौधरीलाई नियन्त्रणमा लिएको हो ।
चाँदवेलाबाट दक्षिणतर्फ जाँदै गरेको बा १५ च २१७३ नम्बरको गाडी र को २७ प ८३३१ नम्बरको मोटरसाइकललाई जाँच गर्दा प्लाष्टिकको प्याकेटमा बेरेर राखिएको गाँजा फेला परेको बताइएको छ ।
सो गाँजा सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्ट साहेवगंजबाट खटिएको सुरक्षा फौजले नियन्त्रणमा लिएको हो। गाँजा बोकेर ल्याउँदै गरेको गाडीलाई अरू मोटरसाइकलले स्टर्किङ गरेको थियो। गाँजा नियन्त्रणमा लिनलाई सशस्त्र प्रहरीले एक राउण्ड हवाइ फायरसमेत गरेको थियो।
हाल गाडीका चालक नियन्त्रणमा लिई आवश्यक अनुसन्धान भइरहेको भने, मोटरसाइकल चालकहरू भने फरार छन्।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










