सल्यान, मङ्सिर २४ : सल्यानबाट नेपाली कांग्रेसका १६ जना उम्मेदवार सिफारिस भएका छन् । आगामी फागुन २१ गते हुन लागेको प्रतिनिधि सभा सदस्य तथा माघ ११ गते हुने राष्ट्रिय सभा सदस्यको निर्वाचन प्रक्रियालाई लक्षित गर्दै पार्टीले १६ जना उम्मेदवार सिफारिस गरेको हो ।
कांग्रेस सल्यानको बैठकले राष्ट्रिय सभामा एकजना, प्रतिनिधि सभाको प्रत्यक्षतर्फ ६ जना र समानुपातिक तर्फ नौ जनाको नाम सिफारिस गरेको कांग्रेस सल्यानका उपसभापति सन्तोष केसीले जानकारी दिनुभयो ।
राष्ट्रिय सभाको उम्मेदवारका लागि जिल्लाबाट धुर्वराज पुरीको एकल नाम सिफारिस भएको छ । प्रतिनिधि सभाको प्रत्यक्षतर्फ केश बहादुर विष्ट, सन्तोष केसी, एकराज डाँगी, मान बहादुर डाँगी, दिपेन्द्र कुमार खत्री र सुरेश चन्दको नाम सिफारिस भएको छ ।
समानुपातिक खसआर्य तर्फ चक्र देवकोटा, प्रेम बहादुर डाँगी, वीरबहादुर सेजुवाल, गणेश चन्द, धुब्रबहादुर मल्लको नाम सिफारिस भएको छ । समानुपातिक महिला तर्फ शुवद्रा बस्नेत, सीता गिरी, विष्णु कुमारी शर्मा र दलिततर्फ चक्रबहादुर परियारको नाम सिफारिस भएको नेपाली कांग्रेस सल्यानले जनाएको छ ।
– शंकर केसी
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















