12/10/2025, 15:34:26
बुधबार, मङि्सर २४, २०८२

प्रतिनिधिसभा निर्वाचन : रुपन्देही-३ मा काँग्रेसबाट खाँणसहित छ जना सिफारिस


काठमाडाैँ, मङ्सिर २४ गते । नेपाली काँग्रेसले आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचनका लागि रुपन्देही– ३ बाट पूर्व गृहमन्त्री बालकृष्ण खाँणसहित छ जनाको नाम सिफारिस गरेको छ ।

क्षेत्रीय कार्य समितिको मङ्गलबारको बैठकले प्रत्यक्षतर्फ खाँणसहित सुशील गुरुङ, रमेश खनाल, रामचन्द्र ढकाल, विमल ढकाल र गोविन्दबहादुर खत्रीको नाम सिफारिस गरेको क्षेत्रीय सचिव लेखनाथ भट्टराईले जानकारी दिए ।

यसैगरी, समानुपातिकतर्फ जन्नतुननिशा धुनिया, पुष्पाथरुनी र माधवी शर्मालाई सिफारिस गरिएको उनले बताए।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..