02/28/2026, 17:18:11
शनिबार, फागुन १६, २०८२

सुनचाँदीको मूल्यमा सामान्य वृद्धि


काठमाडौं,मङ्सिर २४ गते । स्थानीय बजारमा बुधबार सुनको मूल्य उकालो लागेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य तोलामा दुई सय रुपैयाँले बढेको हो ।

महासंघका अनुसार आज सुनको मूल्य २ लाख ५२ हजार १ सय रुपैयाँमा कारोबार भइरहेको छ ।  हिजो सुनको मूल्य २ लाख ५१ हजार ९ सय रुपैयाँ कायम थियो ।

यस्तै आज चाँदीको मूल्य पनि बढेको छ । चाँदीको मूल्य तोलामा १५० रुपैयाँले बढ्दै प्रतितोला ३ हजार ७ सय ५० रुपैयाँ कायम भएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..