काठमाडौँ,मङ्सिर २४ गते। आसन्न निर्वाचनका लागि नेपाली काँग्रेसका महामन्त्री गगन थापाको नाम काठमाडौँ–४ बाट एकल सिफारिस गरिएको छ ।
प्रतिनिधि सभा निर्वाचन क्षेत्रीय कार्यसमितिको बुधबार बसेको बैठकले उनको नाम सर्वसम्मत रूपमा एकल सिफारिस गरेको क्षेत्रीय सभापति श्यामकृष्ण संगतले जानकारी दिए ।
संगतले महामन्त्री थापाको नाम प्रतिनिधि सभा निर्वाचनका लागि प्रत्यक्षतर्फ सर्वसम्मत एकल सिफारिस गरिएको जानकारी दिए । उनका अनुसार, समानुपातिकतर्फ ३ जनाको नाम सिफारिस गरिएको छ ।
समानुपातिकतर्फ राधा घले, नर्मदा पोखरेल र राजन विश्वकर्मा सिफारिस भएका हुन् । यसअघि महामन्त्री थापाको नाम रोल्पा, सर्लाही-४ र धनकुटाबाट पनि सिफारिस भएको थियो छ ।
थापा यसअघि यही निर्वाचन क्षेत्रबाट ३ पटक प्रत्यक्षतर्फ निर्वाचित भइसकेका छन् । २०६४ सालको पहिलो संविधान सभा निर्वाचनमा उनी समानुपातिकबाट संसद सदस्य बनिसकेका छन् ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















