
काठमाडौँ, फागुन १७ गते । इरानले हिजो गरेको आक्रमणमा परी संयुक्त अरब इमिरेट्स, युएईमा एकजना नेपालीको ज्यान गएको छ । यस विषयको जानकारी युएईका लागि नेपाली राजदूत तेजबहादुर क्षेत्रीले दिनुभएको छ ।
हिजो भएको सो आक्रमणमा परेर एक पाकिस्तानी, एक बंगलादेशी र एकजना नेपालीको ज्यान गएको जानकारी युएईको रक्षा मन्त्रालयले आज एक विज्ञप्तिमार्फत् दिएको बताइएको छ । तर ती नेपालीको पहिचान भने खुलेको छैन ।
सो आक्रमणमा परी अरु कम्तीमा ५८ जना घाइते भएको बताइएको छ । ती घाइतेमा नेपाली भए नभएको भने खुल्न नसकेको राजदूत क्षेत्रीले बताए ।
अमेरिका र इजरायलले संयुक्त रुपमा हिजो इरानमा हवाई हमला गरेपछि त्यसको प्रतिकारस्वरुप यता इरानले पनि अमेरिकी सैनिक क्याम्प रहेका कतार, युएई र बहराइनमा एक्कासी हमला गरेको थियो ।
तर ती हमलामध्ये अधिकांशलाई भने ती देशका प्रतिरक्षा प्रणालीहरुले निस्तेज पारेको बताइएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!









