12/10/2025, 15:30:28
बुधबार, मङि्सर २४, २०८२

डीएसपी मधु नेपाल बहुविवाह कसुरमा पक्राउ


रुपन्देही, मङ्सिर २४ गते । नवलपुरका प्रहरी नायव उपरीक्षक (डीएसपी) मधु नेपाल बहुविवाह कसुरमा पक्राउ परेका छन् ।नेपाललाई जिल्ला प्रहरी कार्यालय रुपन्देहीले पक्राउ गरेको हो ।

नेपालकी श्रीमतिको उजुरीको आधारमा अदालतबाट पक्राउ पुर्जी लिइ पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय रुपन्देहीले जनाएको छ ।३ दिनको म्याद थप गरि आवश्यक अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय रुपन्देहीका प्रहरी प्रमुख एसपी प्रदीपबहादुर क्षेत्रीले  बताए । स्रोतका अनुसार नेपालले प्रहरीकै असईलाई दोस्रो विवाह गरेका हुन् ।

उनकी जेठी श्रीमती तारा खनाल नेपालले बहुविवाहको उजुरी दिएपछि नेपालका नाममा सोमबार पक्राउ पुर्जी जारी भएको थियो । एसपी क्षेत्रीले बहुविवाहको जाहेरी परेको जानकारीपछि उनी स्वयं प्रहरी कार्यालयमा आइपुगेका र नियन्त्रणमा राखेर अनुसन्धान सुरु गरिएको बताए ।

डीएसपी नेपाल यसअघि २०७४ सालमा पनि निलम्बनमा परेका थिए । बुटवलस्थित वडा प्रहरी कार्यालय रामनगरमा प्रहरी निरीक्षक पदमा कार्यरत रहँदा गाँजाको कारोबार–सम्बन्धी आर्थिक लेनदेनको विवादमा मुछिएपछि उनी निलम्बनमा परेका थिए ।

प्रहरी निरीक्षकमा निलम्बनमा परेपछि उनी प्रहरी नायब उपरीक्षकको तत्कालीन बढुवा सूचीमा समेत छुटेका थिए ।

 


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..