12/10/2025, 15:08:11
बुधबार, मङि्सर २४, २०८२

थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गएपछि एक लाखभन्दा बढी कम्बोडियन विस्थापित


नोमपेन(कम्बोडिया), मङ्सिर २४ : थाइल्यान्डसँगको सीमा विवाद बढ्दै गएपछि एक लाखभन्दा बढी कम्बोडियन आफ्नो आश्रय स्थल छोडेर सुरक्षित क्षेत्र तर्फ भागेको कम्बोडियाका मन्त्रालयका उपसचिव तथा प्रवक्ता लेफ्टिनेन्ट जनरल माली सोचेटाले बुधबार बताउनु भएको छ ।

महिला, बालबालिका, वृद्ध र अपाङ्गता भएका व्यक्तिसहित विस्थापितको सङ्ख्या एक लाख एक हजार १२९ रहेको कम्बोडियाको रक्षा मन्त्रालयका प्रवक्ता सोचेटाले पत्रकार सम्मेलनमा बताउनु भएको हो ।

थाई सेनाले आइतबार दिउँसोदेखि बुधबार बिहानसम्म कम्बोडियाको सैन्य चौकी र नागरिक क्षेत्रमा आक्रमण गर्न एफ-१६ लडाकू जेटसहित भारी र विनाशकारी हतियार प्रयोग गरेको उहाँले जनाउनु भएको छ । सोचेटाका अनुसार यस द्वन्द्वमा कम्तिमा सात कम्बोडियन नागरिकको मृत्यु भएको छ भने अन्य २० जना घाइते भएका छन् ।


लेखकको बारेमा

रासस

रासस (राष्ट्रिय समाचार समिति) नेपालको सरकारी समाचार संस्था हो ।
लेखकबाट थप..