काठमाडौँ, मङ्सिर २९ : नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनको मतदान समय सरेको छ ।
एमाले ११औँ महाधिवेशनका केन्द्रीय सचिव डा. कुन्साङ लामाले सोमबार साँझ प्रकाशन गरेको परिवर्तित निर्वाचन कार्यक्रम अनुसार मतदानको समय पुस १ गते मङ्गलबार मध्यान्ह १२ देखि ६ बजेसम्म सरेको छ ।
यसअघि सोमबार साँझ ६ बजेसम्म उम्मेदवारको अन्तिम नामावली प्रकाशन गर्ने कार्यतालिका रहेकोमा परिवर्तित निर्वाचन कार्यतालिका अनुसार यो समय राति ८:३० बजे सरेको छ ।
उहाँकाअनुसार भोलि मतगणना पश्चात् निर्वाचन परिणाम घोषणा गरिने छ । त्यसपछि निर्वाचन समितिले तोके अनुसार प्रमाण–पत्र प्रदान र नतिजा प्रकाशनपछि शपथ ग्रहणको कार्यतालिका रहेको छ ।
एमालेको अध्यक्ष पदका लागि वर्तमान अध्यक्ष केपी शर्मा ओली र वरिष्ठ नेता ईश्वर पोखरेलले उम्मेदवारी दिनुभएको छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!











