काठमाडौँ, पुस १ गते । नेकपा (एमाले) को ११औँ राष्ट्रिय महाधिवेशनमा केन्द्रीय सदस्य पदमा उम्मेदवारी दिएका पूर्व केन्द्रीय सदस्य पासाङ शेर्पाको उम्मेदवारी खारेज भएको छ । पार्टीको निर्वाचन आयोगले मापदण्डविपरीत भन्दै उनको उम्मेदवारी रद्द गरेको हो ।
शेर्पा बहुविवाह मुद्दामा दोषी ठहरिएका व्यक्ति हुन् । अदालतले उनलाई एक वर्ष कैद र ५ हजार जरिवानाको सजाय सुनाएको थियो । प्रहरीले उनलाई गत कात्तिक १८ गते पक्राउ गरेको थियो ।
कैद सजायको बदलामा दिनको ३०० रुपैयाँका दरले कुल एक लाख ९ हजार ५ सय रुपैयाँ बुझाएपछि उनी छुटेका थिए ।
शेर्पा एमालेको १०औँ महाधिवेशनमा केन्द्रीय सदस्य निर्वाचित भएका थिए । यसपटक पनि उनले केन्द्रीय सदस्यमा उम्मेदवारी दिएका थिए तर पार्टी मापदण्डका कारण उम्मेदवारी खारेज भएको छ ।
एमाले महाधिवेशनको केन्द्रीय सदस्य निर्वाचन प्रक्रिया भृकुटीमण्डपमा जारी छ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!













