12/16/2025, 00:09:23
सोमबार, मङि्सर २९, २०८२

कानुनले तोकेबाहेक अन्य कागजातमा हुलाक टिकट टाँस्न नपर्ने


काठमाडौँ, मङ्सिर २९ : सरकारले कानुनले तोकेको बाहेक अन्य कागजातमा हुलाक टिकट टाँस्नैपर्ने गरी राखिएका व्यवस्था खारेज गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद् बैठकले यस्तो निर्णय गरेको सूचना तथा सञ्चार प्रविधिमन्त्री जगदीश खरेलले जानकारी दिए ।

मन्त्री खरेलका अनुसार प्रचलित कानुनमा व्यवस्था भएको बाहेक सेवा प्रवाह प्रक्रियामा कागजको आधिकारिकताका लागि हुलाक टिकट अनिवार्य प्रचलन हटाउने निर्णय भएको सूचना प्रविधि तथा सञ्चारमन्त्री जगदीश खरेलले बताए ।