12/16/2025, 18:37:49
मङ्गलबार, पुष ०१, २०८२

प्रदीप ज्ञवाली उपाध्यक्षमा नउठेपछि ओली प्यानलबाट रघुजी पन्तलाई स्थान


काठमाडौँ,पुस १ गते । पुर्व शिक्षामन्त्री रघुजी पन्तले एमालेको ओली पक्षबाटै उपाध्यक्षको उम्मेदवार बनेका छन् ।

ओली पक्षबाट उपाध्यक्षमा प्रदीप ज्ञवालीले उम्मेदवार बन्न नमानेपछि पन्तलाई आधिकारीक उम्मेदवार बनाइएको हो ।

यसअघि संस्थापन पक्ष ओलीको प्यानलमा नपरेपछि पन्तले उपाध्यक्षमा आफ्नो उम्मेदवारी दिएका थिए ।

अब ओली पक्षबाट पाँच उपाध्यक्षमा विष्णु पौडेल, रामबहादुर थापा, गुरू बराल, पृथ्वीसुब्बा गुरूङ र रघुजी पन्त उम्मेदवार बनेका छन् ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..