12/10/2025, 05:14:02
मङ्गलबार, मङि्सर २३, २०८२

जेन-जी योद्धाका अधुरा सपना पुरा गर्नु सरकारको प्रमुख दायित्त्व हो : गृहमन्त्री अर्याल


काठमाडौँ, मङ्सिर २३ : गृहमन्त्री ओमप्रकाश अर्यालले जेन-जी योद्धाका अधुरा सपना पुरा गर्दै भ्रष्टाचारको अन्त्य र सुशासन कायम गर्नु नै यो सरकारको प्रमुख कार्यभार भएको बताउनु भएको छ।

मङ्गलबार साँझ बानेश्वरमा हालैको आन्दोलनमा शहीद हुनुभएका जेन-जी योद्धाको सम्झनामा आयोजना गरिएको दीप प्रज्वलन कार्यक्रममा बोल्नु हुँदै मन्त्री अर्यालले यस्तो बताउनुभएको हो।

blog

जेन-जी आन्दोलनकै जगमा खडा भएको सरकारले शहीद तथा घाइते परिवारलाई राज्यले सकेको सबै तरहको सुविधा र सहजता प्रदान गर्ने मन्त्री अर्यालले बताउनुभयो। गृहमन्त्री अर्यालले दीप प्रज्वलन कार्यक्रममा शहीद परिवारका सदस्यसँगै बसेर केहीबेर उहाँहरूसँग कुराकानी गर्दै उनीहरूको गुनासा र चासोलाई सुन्नु भएको थियो।