12/21/2025, 23:25:00
आइतबार, पुष ०६, २०८२

रास्वपा सभापति लामिछानेद्वारा प्रधानमन्त्री कार्कीसँग भेट


काठमाडौँ, पुस ६ गते । प्रधानमन्त्री सुशीला कार्कीसँग राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेले भेट गर्नुभएको छ ।

आइतबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटार पुगेर लामिछानेले प्रधानमन्त्रीसँग भेट गर्नुभएको उहाँको निजी सचिवालयले जनाएको छ ।

भेटमा सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलसँगै रास्वपाका शीर्ष नेता सहभागी हुनुहुन्छ ।