12/21/2025, 21:55:22
आइतबार, पुष ०६, २०८२

क्रिकेटर शेर मल्ल एसपिए कलेजको ब्रान्ड एम्बेसडर


काठमाडौँ, पुस ६ गते । युवा क्रिकेटर शेर मल्ल धनगढीस्थित एसपिए कलेजको ब्रान्ड एम्बेसडर नियुक्त हुनु भएको छ ।

कलेजले आइतबार मल्ललाई एक वर्षका लागि ब्रान्ड एम्बेसडरमा नियुक्त गरेको हो । ब्रान्ड एम्बेसडर सम्बन्धी सम्झौता पत्रमा एसपिए कलेजका निर्देशक सुवास विक्रम शाही  र क्रिकेटर शेर मल्लले हस्ताक्षर गर्नु भयो ।

मल्लले हालै सम्पन्न नेपाल प्रिमियर लिग (एनपिएल) मा उत्कृष्ट प्रदर्शन गर्दै लुम्बिनीलाई च्याम्पियन बनाउनु भएको थियो । उहाँले एनपिएलको उदयमान खेलाडी बन्दै मोटर बाइक पुरस्कार समेत पाउनु भएको थियो । एनपिएलमा उहाँले कूल १७ विकेट लिनु भएको थियो ।

सुदूरपश्चिमबाट उदाएका खेलाडी र भविष्यमा क्रिकेटमा राम्रो गर्न सक्ने सम्भावनालाई हेरेर मल्ललाई कलेजसँग जोडेको निर्देशक शाहीले बताउनु भयो । मल्लले कलेजले आफुलाई गरेको सम्मान र सहयोगप्रति धन्यवाद दिनु भयो ।