काठमाडौँ, पुस ६ : काठमाडौं महानगरपालिका वडा २२ को आयोजनामा दोस्रो मिस्टर महानगर शारीरिक सुगठन च्याम्पियनसिप जेठ २९ र ३० मा हुने भएको छ ।
नेपाल शारीरिक सुगठन तथा फिटनेस महासंघको सहकार्य तथा काठमाडौं जिल्ला शारीरिक सुगठन तथा फिटनेस संघको प्राविधिक सहयोगमा हुने प्रतियोगितामा पुरुषतर्फ ९ विधामा प्रतिस्पर्धा हुने आयोजक वडा २२ का अध्यक्ष चिनीकाजी महर्जनले शनिबार पत्रकार सम्मेलनमा जानकारी गराए ।

६ तौल समूह, दुई स्पोर्ट फिजिक्स र एक ओभरअल विधामा प्रतिस्पर्धा हुनेछ । महिलातर्फ स्पोर्ट फिजिक्स अन्तर्गत खुला प्रतिस्पर्धा गराइने छ । महिला स्पर्धा यो संस्करणदेखि थपिएको हो ।

ओभरअलका विजेता खेलाडीलाई दोस्रो मिस्टर महानगरको टाइटलसहित नगद ५ लाख, ट्रफी र ब्यानेट प्रदान गरिनेछ । प्रत्येक तौल समूह समूहमा प्रथम, दोस्रो, तेस्रो, चौथी र पाँचौं हुने खेलाडीलाई क्रमशः १ लाख, ५० हजार, २५ हजार, १५ हजार र १० हजार पुरस्कार दिइनेछ ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















