काठमाडौँ, पुस २१ : भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आईसीसी पुरुष ट्वान्टी-२० विश्वकप २०२६ को ट्रफी नेपाल ल्याइएको छ ।
सोमबार एक कार्यक्रमबीच राष्ट्रपति भवन शीतल निवासमा ट्रफी प्रदशर्न गरिएको हो । नेपाल क्रिकेट संघ (क्यान) का पदाधिकारी, खेलाडी र प्रशिक्षकहरूबीच राष्ट्रपति रामचन्द्र पौडेलले ट्रफी सार्वजनिक गरेका हुन् ।

क्यानका अनुसार ट्रफी जनवरी ७ सम्म नेपालमा प्रदर्शन गरिने छ । ट्वान्टी-२० विश्वकपको ट्रफी पहिलो पटक नेपाल ल्याइएको हो । विश्वकपमा नेपाल समूह ‘सी’मा परेको छ । नेपालको समूहमा इङ्ल्यान्ड, वेस्ट इन्डिज, इटाली र बङ्गलादेश छन् ।

– हेमन्त श्रेष्ठ
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















