
काठमाडौँ, पुस २२ गते। सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले सिनेमा प्रमाणीकरणका लागि चलचित्र विकास बोर्डलाई बढी प्रभावकारी बनाउनुपर्नेमा जोड दिनुभएको छ।
राष्ट्रिय सभाको विधायन व्यवस्थापन समितिमा भएको चलचित्र विधेयकसम्बन्धी दफावार छलफलका क्रममा उहाँले भन्नुभयो, “बोर्डको बहुमत सदस्य बाहिरबाट आउनुभएका विज्ञहरु हुनुहुन्छ, उहाँहरुले सिनेमा ठीक छ भन्नुभयो भने यसमा बोर्डको अध्यक्षले भिटो प्रयोग गर्नु ठीक होइन।”
उहाँले चलचित्र प्रमाणीकरणलाई धेरै हाउगुजी तरिकाले लिनु नपर्ने बताउँदै चलचित्र विकास बोर्डको कर्तव्यलाई नै प्राथमिकतामा राख्नुपर्ने धारणा प्रष्ट पार्नुभयो। यद्यपl बोर्डको कार्य शैलीलाई भने व्यवस्थित बनाउन ‘चेक एन्ड ब्यालेन्स’ जरुरी रहेको बताउनुभयो।
समितिका सभापति तुलसाकुमारी दाहालले चलचित्र विधेयकमाथि दफावार छलफल जारी भइरहेको र यसलाई जति सक्दो छिटो टुङ्गोमा पुर्याउने क्रममा समिति सक्रिय रहेको जानकारी दिनुभयो।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!










