02/21/2026, 13:42:29
शनिबार, फागुन ०९, २०८२

गायक दीपक वज्राचार्यको ‘श्वेत र काल’ सार्वजनिक


काठमाडौँ, फागुन ९ गते । गायक दीपक वज्राचार्य  र उनको रिदम ब्यान्डले नयाँ प्रस्तुति ‘श्वेत र काल’ सार्वजनिक गरेका छन् ।

यसअघि लाखे, झाँक्री, पुलुकिसी, कुमारी जस्ता सांस्कृतिक बाजासहितको नृत्य प्रदर्शनमार्फत नेपाली संस्कृति र पहिचानलाई सम्मानपूर्वक राष्ट्रिय तथा अन्तर्राष्ट्रिय मञ्चसम्म पु¥याउँदै आएका उनीहरूले यस पटक पूर्ण रूपमा फरक, नयाँ र सिर्जनात्मक अवधारणा प्रस्तुत गरेका हुन् ।

blog

‘श्वेत र काल’ मानव जीवनसँग जोडिएका सकारात्मक र नकारात्मक ऊर्जाका दुई पाटालाई प्रतीकात्मक रूपमा प्रस्तुत गर्ने एक सार्वभौमिक अवधारणामा आधारित छ । गायक वज्रार्चायका अनुसार  “हामी सधैँ नेपाली संस्कृति र परम्परालाई सम्मानपूर्वक नयाँ शैलीमा प्रस्तुत गर्दै आएका छौँ । गीतमार्फत दर्शकलाई दृश्य र सङ्गीत दुवै पक्षबाट नयाँ अनुभव दिन चाहन्छौँ ।

श्वेत र काल’ लाई अब वज्राचार्यका सबै आगामी स्टेज कन्सर्टको प्रमुख आकर्षणका रूपमा प्रस्तुत गरिने छ ।