काठमाडौँ, फागुन ८ गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले पोखरामा आयोजना गर्ने भनिएका चुनावी सभा हालका लागि स्थगन गर्ने निर्णय गरेको छ। पार्टीका अनुसार विशेष परिस्थितिलाई ध्यानमा राख्दै कार्यक्रम स्थगित गरिएको हो।
निर्धारित कार्यक्रमहरूमा पार्टी सभापति रवि लामिछाने र वरिष्ठ नेता बालेन्द्र साहले सम्बोधन गर्ने कार्यसूची तय गरिएको थियो। पार्टीकी सहप्रवक्ता प्रतिभा रावलका अनुसार समसामयिक अवस्थालाई मध्यनजर गर्दै तत्कालका लागि सभा स्थगित गर्ने निर्णय लिइएको हो।
यसअघि दाङमा भएको एक घटनामा नेपाल कम्युनिष्ट पार्टी (एमाले)को झण्डा जलाइएको विषय सार्वजनिक भएपछि सम्भावित विवाद र तनाव बढ्न सक्ने आकलन गरिएको थियो। सो पृष्ठभूमिमा कार्यक्रम व्यवस्थापन र सुरक्षा पक्षलाई ध्यानमा राख्दै पार्टीले सावधानी स्वरूप सभा रोक्ने निर्णय गरेको बताइएको छ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!














