02/20/2026, 16:48:24
शुक्रबार, फागुन ०८, २०८२

झण्डा जलाउनेलाई कारवाही नगरे आन्दोलन थाल्ने एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुको चेतावनी


काठमाडौँ, फागुन ८  गते । नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले दाङमा भएको झण्डा जलाउने घटनाप्रति गम्भीर ध्यानाकर्षण जनाउँदै सम्बन्धित पक्षमाथि कानुनी कारबाही प्रक्रिया अघि बढाउन माग गरेको छ। संगठनका अनुसार उक्त घटनाले लोकतान्त्रिक अभ्यास, राजनीतिक सहिष्णुता तथा सामाजिक सद्भावमा नकारात्मक प्रभाव पार्ने जोखिम देखिएको छ।

संगठनका अध्यक्ष दीपक धामीद्वारा जारी वक्तव्यमा राजनीतिक विचार र मतभिन्नता लोकतान्त्रिक व्यवस्थाको स्वाभाविक पक्ष भए पनि फरक आस्था राख्ने समूहप्रति असहिष्णु व्यवहार प्रदर्शन गर्नु लोकतान्त्रिक संस्कार अनुकूल नहुने उल्लेख गरिएको छ।

 

घटनामा संलग्न व्यक्तिहरूको पहिचान गरी निष्पक्ष अनुसन्धानमार्फत कडा कारबाही गर्न राज्य संयन्त्रसँग माग गरिएको छ। साथै, सरकारी निकायले विषयलाई उपेक्षा गर्ने वा अराजक गतिविधिलाई प्रोत्साहन गर्ने अवस्थाको सिर्जना भए विद्यार्थी संगठन आन्दोलनका कार्यक्रम अघि बढाउन बाध्य हुने चेतावनी पनि दिइएको छ।

उक्त घटनामा राष्ट्रिय स्वतन्त्र पार्टीसँग सम्बद्ध कार्यकर्ता संलग्न रहेको दाबी एमाले पक्षले गर्दै आएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..