काठमाडौँ, माघ ३ : शेखर कोइराला पक्षका कांग्रेस नेताहरूले समग्र कांग्रेस र चारतारे झन्डा छोड्न नसक्ने बताएका छन् ।
सानेपामा विघटित केन्द्रीय समिति बैठक बस्दै छ । त्यहाँ कोइराला, बद्री पाण्डे लगायतका नेता छन् ।
‘अबको अस्थाबारे हामी सल्लाह गर्दैछौं,’ शेखर पक्षका एक नेताले भने, ‘चारतारे झन्डा र रुख चुनाव चिह्न छोड्न सक्दैनौं । निर्वाचन आयोगले शुक्रबार गरेको निर्णयको ती नेताले आलोचना गरे । आयोगले कांग्रेस विशेष महाधिवेशनबाट निर्वाचित सभापति गगन थापा नेतृत्वको नयाँ कार्यसमितिलाई नै वैधानिकता दिएको थियो ।
‘तर हाम्रो सेन्टिमेन्ट पार्टीसँग जोडिएको छ । नेतृत्व प्राविधिक रुपले कहाँ पुग्यो भन्दा पनि समग्र कांग्रेस र चारतारे झन्डा त छोड्न सक्दैनौं,’ ती नेताले दोहोर्याए ।
पूर्व कार्यवाहक सभापति पूर्णबहादुर खड्काले निर्वाचन आयोगको निर्णयविरुद्ध सर्वोच्च अदालतमा रिट लिएर जानेबारे छलफल गरिरहेको उनले बताए ।
सानेपामा रमेश लेखक, कृष्ण सिटौला, बालकृष्ण खाण, ज्ञानेन्द्रबहादुर कार्की लगायतका नेता पनि सहभागी भइसकेका छन् ।नेताहरू केन्द्रीय कार्यालयमा जम्मा भएपनि बैठक भने नबसेको ती नेताले जानकारी दिए ।
What if you could work from Anywhere?
Explore More with something that can change your Life!












