01/17/2026, 13:06:15
शनिबार, माघ ०३, २०८२

कांग्रेस सभापति थापाले बोलाए केन्द्रीय समिति बैठक


काठमाडौँ, माघ ३ : नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापाले आज पार्टीको केन्द्रीय समिति बैठक  आह्वान गरेका छन् ।

निर्वाचन आयोगबाट शुक्रबार आधिकारिकता पाएसँगै सभापति थापाले केन्द्रीय कमिटी बैठक बोलाएका हुन् । बैठक आज बिहान ११ बजे नयाँ बानेश्वरस्थित अर्पण बैंक्वेटमा बस्नेछ ।

बैठकमा पछिल्लो राजनीतिक अवस्था र पार्टीको आगामी कदमबारे छलफल हुने बताइएको छ । विशेष महाधिवेशनबाट निर्वाचित भएपछि शुक्रबार थापा नेतृत्वको नयाँ कार्यसमितिले निर्वाचन आयोगबाट आधिकारिकता पाएको थियो ।