01/17/2026, 10:56:16
शनिबार, माघ ०३, २०८२

देउवा नेतृत्वको कांग्रेस केन्द्रीय कार्यसमितिको बैठक आज बस्दै


पाटन (ललितपुर), माघ ३ गते । शेरबहादुर देउवा  नेतृत्वको नेपाली कांग्रेस केन्द्रीय कार्य समितिको बैठक शनिबार बिहान ८ बस्ने भएको छ ।

पार्टीका मुख्यसचिव कृष्णप्रसाद पौडेलका अनुसार पार्टीका कार्यवाहक सभापति पूर्णबहादुर खड्काको निर्देशनमा केन्द्रीय कार्य समितिको बैठक शनिबार बिहान ८ बजे पार्टीको केन्द्रीय कार्यालय सानेपामा बस्ने भएको छ ।

उक्त बैठकमा केन्द्रीय कार्य सम्पादन समितिका पदाधिकारी एवम् सदस्यहरूको उपस्थितिका लागि निर्देशानुसार अनुरोध गरिएको उनले जानकारी गराए ।