बारा, माघ ३ : पूर्वपश्चिम राजमार्ग अन्तर्गत बाराको पथलैया निजगढ सडकखण्डमा गुडिरहेको विद्युतीय गाडी (इभी) मा अचानक आगलागी भएको छ ।
पोखराबाट काँकडभिट्टा तर्फ जाँदै गरेको गाडीमा शनिबार एक्कासी आगलागी भएको हो।
जितपुर सिमरा उपमहानगरपालिका–१६ काटघाटमा प्रदेश १–०१–००१ ख ४७२० नम्बरको गाडी गुडिरहेको अवस्थामा जंगल क्षेत्रमा अचानक आगलागी भएको हो ।
आगलागीबाट गाडी जलेर पूरै ध्वस्त भए पनि त्यसमा सवार १४ जना यात्रु भने सुरक्षित रहेको बाराका प्रहरी प्रवक्ता प्रहरी नायब उपरीक्षक विजयराज पण्डितले बताए।
– लक्ष्मी साह
What if you could work from Anywhere?
Explore More with something that can change your Life!















