राजविराज, पुस ३० : ज्योति विकास बैंकका दुई कर्मचारीमाथि अमानवीय व्यवहार गरेका सप्तरीको सप्तकोशी नगरपालिकाकी उपप्रमुख रिताकुमारी चौधरीसहितका चार जना अझै फरार छन् ।
गत मंसिर २४ मा ऋणीसँग सम्वाद गर्न बैंकका प्रादेशिक कार्यालयका उपप्रबन्धक (कर्जा असुली प्रमुख) सुमित श्रेष्ठ र रुपनी शाखाका कर्जा असुली अधिकृत सविन श्रेष्ठ सोही नगरपालिका–७ ओद्राहास्थित सप्तकोशी इन्टिग्रेटेड एग्रो फार्म प्रा.लिमा पुगेका थिए । प्रा.लिका सेयरधनी सञ्जीवकुमार चौधरीकी श्रीमतीसमेत रहेकी उपमेयर चौधरीसहितकाले उनीहरुलाई मोसो दलेर जुत्ताको माला लगाइ कुटपिट गरेका गरेका थिए ।

अमानवीय व्यवहार र कुटपिट गरेको भिडियो सामाजिक सञ्जालमा बाहिरिएपछि बैंकले दिएको जाहेरीका आधारमा गत मंसिर २५ मा उपप्रमुख चौधरीका श्रीमान् ५२ वर्षका सञ्जीवकुमार र अग्निसाइर कृष्णसवरण गाउँपालिका–१ का ४७ वर्षका उमाकान्त चौधरीलाई पक्राउ गरिएको थियो ।
गत शुक्रबार सप्तरी जिल्ला अदालतमा पेस गरिएका दुवै जना २५/२५ हजार रुपैयाँ धरौटी तिरेर रिहा भएको इलाका प्रहरी कार्यालय कञ्चनपुरका डीएसपी माधवप्रसाद काफ्लेले बताए । ‘उपप्रमुख चौधरीसहितका अन्य आरोपित फरार छन्,’ उनले भने, ‘खोजी कार्य भइरहेको छ ।’ उनका अनुसार उपप्रमुखसहित उनका छोरा सिरजकुमार, सेयरधनीहरू प्रभुनारायण चौधरी र पञ्चदेव चौधरी फरार छन् ।
– विद्यानन्द राम
What if you could work from Anywhere?
Explore More with something that can change your Life!
















