कल्याणपुर (सप्तरी) पुस २० गते । जिल्ला प्रहरी कार्यालय सप्तरीले पछिल्लो समय जिल्लामा ह्याकर समूह सक्रिय रहेको जनाएको छ । पछिल्लो केही समयता ह्याकर गिरोह सक्रिय भएकाले सबैलाई सचेत रहन प्रहरीले अनुरोध गरेको छ ।
जिल्ला प्रहरी कार्यालय सप्तरीका प्रहरी नायब उपरीक्षक डम्बरबहादुर पुरीले केही समय यता ह्वाट्सएप ह्याक गरी ठगि गर्ने धन्दा बढेको बताउनुभयो ।

त्यसो त, एक साता अघि सप्तरीका बरिष्ठ पत्रकार एवम् प्रेस स्वतन्त्रता सेनानी बैद्यनाथ झाको नामबाट उहाँको मोबाइलमा सेभ रहेका सम्पर्क नम्बरहरुमा ह्वाट्सएप मार्फत “अति जरुरी काम परेकाले तत्काल ५० हजार पठाइदिनु, भोली फिर्ता गरिदिन्छु” भनी म्यासेज आयो ।
सेनानी झाको नामबाट म्यासेजसँगै इसेवाको क्युआर कोड पनि आयो । त्यो इसेवा आइडी उमेश चौहानको नाम र ९७०५५८०७४४ नम्बरबाट आएको थियो । यद्यपि त्यस नम्बरमा फोन गर्दा सम्पर्क भने हुन सकेन ।

यसैगरी, शनिबार राजविराज नगरपालिकाका पूर्व प्रमुख गोबिन्द सिंहको पनि ह्वाट्एप ह्याक भएको थियो । उहाँको ह्वाट्सएप ह्याक भएपछि आफन्त र इष्टमित्रलाई त्यस्तै प्रकृतिको सन्देश पठाई ५० हजार पठाइदिन भन्दै क्यूआर कोड पठाइएको पाइएको छ ।
ह्याकरले ह्वाट्सएप ह्याक गरेर सिद्धार्थ बैंकको खाता नम्बर ५५१०७७९३६२ नम्बर र नाम प्रवेश गिरीसहितको क्युआर कोड सन्देशमा पठाएर सो रकम माग गरेको पाइएको हो ।

यता प्रहरीले यस्तो ठगी धन्दाबाट झुक्किएर धेरै जना ठगिएका भने कतिपय पीडितले प्रहरीमा उजुर समेत दिएका छन् । उहाँले पीडितहरुलाई ह्याकरले प्रयोग गरेका सन्देशको स्क्रीनसट सहित जिल्ला प्रहरीमा आउन आग्रह गर्नुभएको छ ।
– विनय कर्ण
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















