लहान, पुस १९ गते । लहान नगरपालिका उत्तरी भेगमा पर्ने वडा १६ आरी दमारमा शुक्रबार राति प्रवेश गरेको जङ्गली हात्तीको आतङ्कले स्थानीयहरू त्रसित भएका छन् ।
राति ९ बजेतिर बस्तीमा हात्ती प्रवेश गरेपछि स्थानीय जलबहादुर थापा मगरको टाटी मकैं दुई क्विन्टल प्लास्टिकको कुर्सी दस, धुरखेतमा लगाएको आलु, पाँच धुरमा लगाएको तोरी लसुन गरी एक लाख मूल्य बराबरको क्षति गरेको पीडितको भनाइ छ ।
यसैगरी भुपाल नामजेली मगरको घरको टाटी भत्काउनुको साथै ६० किलो धान एक क्विन्टल चामल, भक्तबहादुर मर्स्याङदी मगरको घरको टाटी भत्काउनुको साथै पन्ध्र हजारको क्षति गरेको बताइएको छ ।

त्यस्तै, स्थानीय गोपालबहादुर थापा मगरको घरमा टाटी भत्काएर पाँच धुर जग्गामा लगाएको साग आलु खाएकोे, रामबहादुर थामा मगरको घरमा धान मकै आलु र तोरी गरी ४० हजार बराबरको क्षति गरेको छ । अर्का स्थानीय हरिबहादुर थापा मगरको घरमा टाटी भत्काएर मकै अन्न गरी ३० हजारको क्षति भएको इलाका प्रहरी कार्यालय लहानले जनाएको छ ।
हात्ती लखेट्न डिभिजन वन कार्यालय लहान, सशस्त्र प्रहरी बेस क्याम्प लहान र जनपथ प्रहरी वन रक्षकको संयुक्त टोलीले हात्ती धपाउन लागेको डिभिजन वन कार्यालय लहानका सूचना अधिकारी राधेश्याम चौधरीले बताउनु भयो ।
दस वर्ष अघि जङगली हात्तीको अतङकबाट सिराहा सप्तरी र धनुषामा बाह्र जनाको ज्यान गएको थियो । बस्तीमा क्षति गरेको राहतका लागि लहान नगरपालिकाबाट पहल थाल्ने लहान वडा १६ का वडाध्यक्ष गरुलबहादुर जर्घा मगरले बताउनु भयो ।
– जीवछ यादव
What if you could work from Anywhere?
Explore More with something that can change your Life!



















