01/05/2026, 15:53:46
सोमबार, पुष २१, २०८२

उज्यालोका अनुपलाई रास्वपा सल्लाहकार परिषद्को अध्यक्ष बनाउन सहमति


काठमाडौँ, पुस २० गते । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को अनौपचारिक कार्यदलले उज्यालो नेपाल अध्यक्ष अनुपकुमार उपाध्यायलाई पार्टीको सल्लाहकार परिषद् अध्यक्ष बनाउने सहमति जुटेको छ । हिजो बसेको बैठकले उक्त सहमति जुटाएको हो ।

 

रास्वपाले पार्टी एकताको मोडालिटी बनाउन तीनै पक्षका (रास्वपा, उज्यालो नेपाल र बालेन) नेताहरू सम्मिलित अनौपचारिक कार्यदल बनाएको छ । कार्यदललाई सम्भवतः आजको बैठकले औपचारिकता दिने छ । हिजो बसेको बैठकमा एकताको खाकाबारे विस्तृत छलफल भएको थियो ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..