01/05/2026, 15:53:46
सोमबार, पुष २१, २०८२

एक हप्तादेखि सम्पर्कविहीन महिला मृत फेला


तनहुँ, पुस २० गते । तनहुँको भानु नगरपालिका-५ बारी फाँट निवासी ४६ वर्षीया सुष्मा पौडेल मृत अवस्थामा भेटिएकी छिन् । एक हप्तादेखि सम्पर्कविहीन पौडेल आज मर्स्याङ्दी नदी किनारमा मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ ।

इलाका प्रहरी कार्यालय आँबुखैरेनीमा कार्यरत प्रहरी हवल्दार रुद्र गुरुङ र जवान दीपेन्द्रराज शाहीले नदीमा शव बगिरहेको देखपछि नेपाल प्रहरी र सशस्त्र प्रहरीको सहकार्यमा नदीबाट शव निकालिएको प्रहरी नायब उपरीक्षक श्रवणकुमार विकले जानकारी दिए ।

शव परीक्षणका लागि प्रदेश अस्पताल दमौली पठाइएको छ भने घटनाबारे अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।


लेखकको बारेमा

सेतोप्रेस

लेखकबाट थप..