मुक्तिनाथ (मुस्ताङ), पुस ११ गते । कठ्याङ्ग्रिँदो चिसोसँगै सडकमा सवारीसाधनको आगमन न्यून छ । बिहान र बेलुकी पैदल हिँड्नसमेत निकै कष्टकर हुन्छ । सडकमा बगेको पानी बरफ बनेको अवस्थामा पैदल र सवारीसाधनमा यात्रा गर्दा सतर्क हुनुपर्ने अवस्थामा छिमेकी राष्ट्र भारतबाट धार्मिक क्षेत्रको प्रचार–प्रसार गर्न दुई युवा स्केटिङ र साइकलमा तीन सय १८ दिन लगाएर मुस्ताङ आइपुगेका छन् ।
भारतको विहार राज्यबाट रोशन र अजय केडीले भारतीय भूमिमा रहेका चार प्रमुख धार्मिक स्थललाई जगन्नाथ, रामेश्वर, केदारनाथ र बद्रीनाथको दर्शन गरेपछि नेपालको पशुपतिनाथ र मुस्ताङमा रहेको मुक्तिनाथ मन्दिरको दर्शनका लागि मुस्ताङ पुगेपछि स्थानीयले स्वागत गरेका छन् ।
.jpg)
भारतका चारधामको यात्रासहित नेपालमा गरी तीन सय १८ औं दिनमा मुस्ताङ प्रवेश गरेका शुक्रबार बिहान मुक्तिनाथ मन्दिरको दर्शन गरी फर्किने योजना रहेको युवा रोशनको भनाइ छ । रोशन भन्नुहुन्छ, ‘‘मुक्तिनाथ मन्दिरको दर्शन गरेपछि हाम्रो यात्रा पूरा हुन्छ, धार्मिक क्षेत्रको प्रवर्धनमा युवाहरूको योगदान आवश्यक छ ।’’ हरेक हिन्दु भारतीयले नेपालको पशुपतिनाथ र मुक्तिनाथ मन्दिरमा एकपटक पुगेपछि मात्रै पुण्य प्राप्त हुने धार्मिक मान्यता राख्ने गरेको युवाद्वय रोशन र अजयको भनाइ छ ।
चिसो समयमा स्केटिङमा सडकमा यात्रा गर्दा जोखिम भए पनि सतर्कतापूर्वक बेनी–जोमसोम हुँदै कागबेनीबाट मुक्तिनाथ पुगेको टोलीलाई तीर्थालुले समेत स्वागत गरेका थिए। स्केटिङ र साइकल यात्राको क्रममा नेपालीले दिएको साथ र सहयोगको भारतमा प्रचार-प्रसार गर्ने युवा अजयले बताउनुभयो । उहाँ भन्नुहुन्छ, ‘‘नेपालको धार्मिक क्षेत्रको प्रवर्धनमा हामी पनि सघाउँछौँ, धर्म र संस्कारले नेपाल र भारतलाई जोडेको छ ।’’ धार्मिक यात्राको क्रममा बुद्धको जन्मभूमि नेपालभित्रका विभिन्न बौद्ध स्थलहरुको अवलोकन गरेको बताएका छन् ।
– हरिकृष्ण शर्मा
What if you could work from Anywhere?
Explore More with something that can change your Life!


















