वालिङ (स्याङ्जा),माघ १८ गते । स्याङ्जाको वालिङमा दुई सवारी साधन एक आपसमा ठोक्किएको घटनापछि विवाद हुँदा तीन जना घाइते भएका छन् भने एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।
वालिङ नगरपालिका–८ जैसिपधेरास्थित होटल रोयल अगाडि सिद्धार्थ राजमार्गमा शनिबार राति वालिङबाट बयरघारी तर्फ जाँदै गरेको ग १४ प ९४५० नम्बरको स्कुटर र विपरित दिशा तर्फ जाँदै गरेको लु ६८ प ५३४२ मोटरसाईकल एक आपसमा ठोक्किएको प्रहरीले जनाएको छ ।
दुर्घटना पश्चात दुबै पक्षबिच झै–झगडा हुदाँ स्याङजाको वालिङ–८ का ३० वर्षीय अजिम खान, भिरकोट नगरपालिका–१ का ३२ वर्षीय अनुप श्रेष्ठ र सोही ठाउँका ४० वर्षीय राम सेन ठकुरी घाइते भएका हुन् । घाइतेमध्ये श्रेष्ठ र ठकुरीको पोखरास्थित गण्डकी मेडिकल कलेजमा उपचार भइरहेको प्रहरीले जनाएको छ । खान भने उपचारपछि घर फर्कनु भएको छ ।
दुर्घटना पश्चात विवाद गर्ने मध्ये भिरकोट–२ का २४ वर्षीय चन्दन केसीलाई नियन्त्रणमा लिइएको जिल्ला प्रहरी कार्यालय स्याङ्जाका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रसन्न राज चौधरीले जानकारी दिनुभयो ।
घाइतेहरुको गह्रौं प्राथमिक अस्पताल वालिङमा प्राथमिक उपचार गरी पोखरा पठाइएको र दुर्घटनाको सम्बन्धमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।
– राधाकृष्ण डुम्रे
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















