सुलीकोट, माघ १८ गते । गोरखामा मोटरसाइकल दुर्घटनामा एक जना युवकको मृत्यु भएको छ । जिल्लाको आरुघाट गाउँपालिका – ३ घुमाउने स्थित अन्दाजी ३० देखि ३२ वर्षसम्म देखिने एक नामथर वतन नखुलेको युवाको शनिबार बेलुका ७ः३० बजे मृत्यु भएको हो ।
आरुघाट गाउँपालिकाबाट धार्चे गाउँपालिकाको माछीखोलातर्फ तर्फ जाँदै गरेको ग १८ प ३५४४ नम्बरको अपाचे मोटरसाइकल अनियन्त्रित भई सडकको बाँया भित्तामा ठोकिक्दा मोटरसाइकल चालक युवा घाइते हुनुभएको थियो ।
युवाको टाउको र अनुहारमा चोट लागि गम्भीर घाइते भई अचेत अवस्थामा स्थानीयले फेला पारेपछि प्रहरीलाई खबर आएको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।

खबर प्राप्त हुनसाथ प्रहरी चौकी आरखेत गोरखाबाट तत्काल प्रहरी टोली खटिई घाइतेलाई उपचारको लागि स्थानीय र प्रहरीले आरुघाट आधारभूत अस्पताल आरुघाट गोरखामा पु–याउदा शनिबार बेलुका चिकित्सकले मृत घोषण गरेको जिल्ला प्रहरी कार्यालय गोरखाका प्रहरी नायव उपरीक्षक राजकुमार श्रेष्ठको भनाइ छ ।
मृतकको साथबाट परिचय खुल्ने कुनै कागजजात फेला नपरेकाले मोटरसाइकल प्रहरीले नियन्त्रणमा लिई उक्त घटनाको बारेमा थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय गोरखाले जनाएको छ ।
– गुणबहादुर रोका
What if you could work from Anywhere?
Explore More with something that can change your Life!

















