01/07/2026, 00:42:09
मङ्गलबार, पुष २२, २०८२

पन्ध्र हजार विदेशी पर्यटकले गरे मनासलु क्षेत्र भ्रमण


सुलीकोट, पुस २१ गते । सन् २०२५ को एक वर्षको अवधिमा १४ हजार नौ सय ८० जना पर्यटकले उत्तरी गोरखाको मनास्लु
क्षेत्र भ्रमण गरेका छन् । उत्तरी गोरखामा बेमौसमी बाढी, पहिरो, हिमपात, भौगोलिक विकटता र जेन-जी आन्दोलनको बाबजुद पनि मनास्लु क्षेत्र भ्रमण गर्ने पर्यटकको संख्या वृद्धि भएको मनास्लु संरक्षण क्षेत्र आयोजना (एमक्याप) गोरखाले जनाएको छ ।

मनास्लु संरक्षण क्षेत्र आयोजना कार्यालय गोरखाले तयार पारेको तथ्याङक अनुसार एक वर्षको अवधिमा १४ हजार ९८० जना पर्यटक मनासलु क्षेत्र भ्रमण गर्न आएका हुन् । जसमध्ये नेपाली पर्यटक २४० जना, सार्क राष्ट्रका पर्यटक ३४४ जना र विदेशी पर्यटक १४७३८ पर्यटक मनासलु संरक्षण क्षेत्र  भ्रमण गरेका मनास्लु संरक्षण क्षेत्र एमक्याप गोरखाका प्रमुख सन्तोष सेरचनले बताउनुभयो ।

blog

मनासलु संरक्षण क्षेत्र प्रबेश गर्ने विदेशी पर्यटकलाई प्रतिब्यक्ति ३ हजार, सार्क राष्ट्रका पर्यटकलाई १ हजार र नेपाली पर्यटकलाई रु दुई सय रुपियाँ प्रवेश शुल्क तिर्नुपर्ने एमक्याप कार्यालय गोरखाले जनाएको छ ।

गत वर्षको सन् २०२४ मा १० हजार ६०२ जना पर्यटक मनासलु क्षेत्र भ्रमणमा आएका थिए, कार्यालय प्रमुख सन्तोष सेरचनले भन्नुभयो, ‘यो एक वर्षको अवधिमा झण्डै ४० प्रतिशत पर्यटक वृद्धि भई बढेर एक वर्षमा १४ हजार ९८० जना पर्यटक मनासलु क्षेत्र भ्रमण गरेका छन् ।

पर्यटकले काठमाडौंको भृकुटीमण्डप र पोखराको ड्यामसाइडस्थित काउन्टरमा प्रबेश शुल्क बापत दस्तुर बुझाउनु पर्ने छ, मनासलु संरक्षण क्षेत्र एमक्यापका सुचना अधिकारी भुवन ओझाले भन्नुभयो, यदि पर्यटकले दुबै ठाउँमा प्रवेश दस्तुर नबुझाएमा एमक्यापको जगत र सामागाउँमा दोब्बर दस्तुर तिरी मनासलु संरक्षण क्षेत्र प्रवेश गर्न पाइने छ।

आन्तरिक तथा बाह्रय पर्यटकहरुले साम्दो, सामागाउँ, ल्हो, गाउँजस्ता उचाईमा बसेका बस्तीहरुमा हिमाली जीबन, संस्कृति र प्रकृतिको अनौठो सङ्गम अनुभव गर्दै उत्तरी गोरखा भ्रमण लम्बउने गरेका छन् ।

मनासलु पदमार्गमा बढ्दो आकर्षणको प्रमुख कारण यहाँको मौलिक संस्कृति, अबिकृत हिमाली सौन्दर्य र अन्य लोकप्रिय पदमार्गको तुलनमा कम भिडभाड तथा विदेशी पर्यटकको लागि तिब्बती बस्तीसँगको सांस्कृतिक सामिप्यतामा पनि मुख्य आकर्षण बनेको छ ।

पर्यटकको संख्यामा भएको वृद्धिले उत्तरी गोरखाबासीमा उर्जा थपिएको छ, होटेल ब्याबशाी निमा दोर्जेले भन्नुभयो, ‘विश्वको आठौँ अग्लो हिमाल मनास्लुको छायाँमा उभिदा पर्यटकले आनन्दित मान्दै स्वर्गको एक अंश हो भन्ने गरेको ।

एक वर्षमा झण्डै १५ हजार पर्यटकको आबगमनले मनासलु क्षेत्रलाई यो बर्ष पर्यटनको उज्यालो पहाड बनाई दिएको छ, जहाँ हिमाल मात्र होइन, संस्कृतिको धडकन पनि उत्तिकै चम्किएको छ।

मनासलुमा हरेक वर्ष उल्लेखनीय रुपमा पर्यटकको संख्या बढ्दै गएकाले मनासलु संरक्षण क्षेत्रमा स्रोत साधनको प्रयोग गरेर पर्यटकहरुको राम्रो ब्यवस्थापन गर्ने हो भने केहि वर्षमा मनासलु क्षेत्र नेपालकै चर्चित पर्यटकिय गन्त्वय बन्न सक्ने सुचना अधिकारी ओझाको भनाइ छ ।

– गुणबहादुर रोका