01/03/2026, 14:41:04
शनिबार, पुष १९, २०८२

कर्तव्य ज्यान मुद्दामा फरार तिवारी पक्राउ


स्याङ्जा, पुस १९ गते । कर्तव्य ज्यान मुद्दाका फरार एक प्रतिवादीलाई प्रहरीले पक्राउ गरेको छ ।  २०८० चैत ११ गते पुतलीबजार नगरपालिका वडा नम्बर–१३ बस्ने १५ वर्षीया बालिकाको मृत्यु भएको घटनाको सम्बन्धमा प्राप्त जाहेरीको आधारमा घटना पश्चात फरार रहेका स्थानीय ४४ वर्षीय राजेन्द्र प्रसाद तिवारीलाई पक्राउ गरेको हो ।

तिवारी लुकिछिपी बसेको अवस्थामा पोखरा महानगरपालिका वडा नम्बर–१७, बिरौटाबाट गण्डकी प्रदेश प्रहरी कार्यालय पोखरा, कास्की र जिल्ला प्रहरी कार्यालय, स्याङ्जाबाट खटिएको संयुक्त प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ परेका तिवारीलाई ज्यानसम्बन्धी कसुर मुद्दा (कर्तव्य ज्यान) मा स्याङ्जा जिल्ला अदालतबाट सात दिन म्याद थप गरेर थप अनुसन्धान प्रक्रिया अगाडि बढाइएको प्रहरी निरीक्षक सागर कार्कीले जानकारी दिनुभयो ।

– अर्जुन काफ्ले